nmb bank

गृहपृष्ठ र्‍यापर यमबुद्धको सालिक बनाउन महानगरले छुट्यायो बजेट

र्‍यापर यमबुद्धको सालिक बनाउन महानगरले छुट्यायो बजेट

र्‍यापर यमबुद्धको सालिक बनाउन महानगरले छुट्यायो बजेट

काठमाडौं महानगरपालिकाले र्‍याप गायक यमबुद्धको सालिक निर्माण गर्ने भएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा स्वर्गीय र्‍यापर यमबुद्धको सालिक निर्माण गर्ने गरी बजेट विनियोजन गरेको हो ।

महानगरपालिका स्रोतका अनुसार करिब १५ लाख रुपैयाँ यमबुद्धको सालिक निर्माणका लागि विनियोजन भएको छ । महानगरका मेयर बालेन साहको सचिवालयका अनुसार ‘हिपहप र नेपहप जेनरा’को श्रीवृद्धिका पुर्‍याएको योगदानको कदर गर्दै यमुद्धको सालिक निर्माण गर्न लागिएको हो ।

मेयर बालेका स्वकीय सचिव भुपदेव शाह र्‍यापर यमबुद्धले ‘नेपहप’लाई विश्वमाझ परिरिचत गराएर दिएको योगदानको कदर गर्दै यस्तो निर्णय गरिएको बताउँछन् । तर कहाँ निर्माण गर्ने भन्ने विषय टुंगिएको छैन ।

प्रकाशित समय : १३:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु