गृहपृष्ठ बाजुराको बुढीगंगा नगरपालिकामा एमालेको अग्रता
बाजुराको बुढीगंगा नगरपालिकामा एमालेको अग्रता
बाजुराको बुढीगंगानगरपालिकाको मेयर र उपमेयर दुवैमा एमालेले अग्रता लिएको छ ।
पछिल्लो मतपरिणाम अनुसार मेयरमा एमालेका रामबहादुर बानियाँले १३२५ र नेपाली कांग्रेसका रंगबहादुर खातीले ८८६ मत पाएका छन् ।उपमेयरमा एमालेकी मायाकुमारी खड्काले १२९० मत पाएकी छन् भने कांग्रेसकी रीता शाही (शाह)ले ९१९ मत छ । रीता २३ वर्षीया हुन् । हालसम्म वडानम्बर १, १० र २ को २३४० मत गणना भएको छ । मत गणना सकिएका २ वडामा एमाले विजयी भएको छ भन् वडानम्बर २ मा पनि एमालेले अग्रता लिएको छ ।
प्रकाशित समय : १३:२५ बजे



















