गृहपृष्ठ दैनिक प्रयोगका लागि उपयुक्तः रेडमी बड्स एट एक्टिभ नेपालमा
दैनिक प्रयोगका लागि उपयुक्तः रेडमी बड्स एट एक्टिभ नेपालमा
काठमाडौंः अग्रणी प्रविधि कम्पनी शाओमीले नेपाली बजारमा आफ्नो नयाँ रेडमी बड्स ८ एक्टिभ सार्वजनिक गरेको छ, जुन दैनिक प्रयोगका लागि आरामदायी, सानो र हल्का डिजाइनको रहेको छ ।
डिजाइनः रेडमी बड्स ८ एक्टिभमा कानको प्राकृतिक बनावटसँग मिल्ने इन–इयर कर्भ डिजाइन प्रयोग गरिएको छ, जसले लामो समय प्रयोग गर्दा पनि दबाब कम हुने भएकोले असहज हुँदैन । यसको हल्का बनावटले गर्दा दैनिक प्रयोगमा सजिलो, सुरक्षित र समाउन/बोक्न पनि सजिलो छ ।
ब्याट्री र चार्जिङः यी बड्सले एक पटक चार्ज गर्दा बढिमा ७ घण्टा र चार्जिङ केससहित ३७ घण्टासम्म प्रयोग गर्न सकिन्छ । १० मिनेटको छिटो चार्जले करिब २ घण्टा प्रयोग गर्न मिल्ने ब्याट्री दिन्छ । सुधारिएको ब्याट्री क्षमताका कारण बारम्बार चार्ज गर्नुपर्ने आवश्यकता पनि हुँदैन ।
प्रदर्शन (परफर्मेन्स): राम्रो साउण्डका लागि बनाइएका यी इयरबड्समा ठूलो टाइटानियमयुक्त ड्राइभर राखिएको छ । यो टाइटानियम कोटिङ भएको डायाफ्रामले मध्यम र उच्च फ्रिक्वेन्सीमा स्पष्ट र राम्रो साउण्ड दिन्छ । एएसी कोडेकले अडियो डेटा कम्प्रेस गर्दा पनि आवाजको विवरण जोगाएर राख्छ र गुणस्तर घट्न दिँदैन । त्यसैले तपाईँले स्पष्ट, विस्तृत र गहिरो (इमर्सिभ) ध्वनी पाउनु हुनेछ ।
न्वाइज रिडक्सन प्रविधिः प्रयोगकर्ताले डुअल माइक्रोफोन र एआई एल्गोरिदमको सहयोगले अझ स्पस्ट आवाज सुन्न र बोल्न सक्नेछन । यसको प्रयोगले वरपरको आवाजलाई कम गरी कललाई स्पष्ट बनाउँछ । साथै, हावाको आवाज कम गर्ने प्रविधिले ६ मिटर प्रति सेकेन्डसम्मको हावाको चापमा पनि राम्रो प्रदर्शन गर्दछ ।
स्मार्ट कनेक्टिभिटीः गुगल फास्ट पियरको सहयोगले छिटो र सहज रूपमा कनेक्ट गर्न सकिन्छ । साथै, दुईवटा डिभाइससँग एकैचोटि कनेक्ट हुने सुविधा भएकाले सजिलै स्विच गर्न मिल्छ ।
पानी र धुलो प्रतिरोधः यी बड्स पानीका छिटा र धुलोबाट सुरक्षित छन् । त्यसैले यात्रा, दैनिक आवागमन वा व्यायाम गर्ने समयमा पनि प्रयोग गर्न उपयुक्त छन् ।
उपलब्धताः रेडमी बड्स ८ एक्टिभ कालो र सेतो दुई रंगमा उपलब्ध छ । यसको मूल्य रु. ४,४९९ रहेको कम्पनीले जनाएको छ ।
प्रकाशित समय : १६:३० बजे

















