गृहपृष्ठ यी हुन् मन्त्रिपरिषद बैठकका २२ निर्णय
यी हुन् मन्त्रिपरिषद बैठकका २२ निर्णय
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २२ वटा नियण गरेको छ ।
मन्त्रिपरिषद्ले नागरिकता विधेयक फिर्ता लिनेदेखि नेपाल प्रहरीमा क्षमतासहितको साइबर ब्युरो स्थापनका लागि कोरियाबाट प्राप्त हुने सहयोग स्वीकार गर्नेसहितका निर्णय गरेको बुधबार सरकारका प्रवक्तासमेत रहका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
निर्णयहरू:
मिति २०७९ असार २४ गते देखि २६ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने रि–फाउण्डिङ द फिउचर’ विषय कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्व पौडेललाई सहभागि हुन स्वीकृत प्रदान गर्ने ।
संयुक्त राष्ट्र संघको आयोजनामा वि.स २०७९ असार २१ गतेदेखि २३ तथा २७ देखि ३१ गतेसम्म आयोजना हुने इको सोक हाइलेभल फोरम २९ देखि ३१ सम्म आयोजना हुने मिनिस्टेरियल सेग्मेण्ट र साउनमा हुने हाइलेभल सेग्मेण्टमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृत दिने ।
खानेपानी क्षेत्रको सुशासन र पूर्वाधार सहयोग आयोजनाको लागि विश्व बैैंकबाट प्राप्त हुने ५९.६ मिलियन एसडिआर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने ।
नेपाल प्रहरीमा क्षमता विकास सहितको साइवर युरो स्थापनाका लागि गणतन्त्र कोरियाबाट प्राप्त हुने अमेरिकी डलर ८ मिलियन अनुदान सहायता स्वीकार गर्ने ।
हरित ग्यास उत्सर्जन न्यनिकरणको लागि खाना पकाउने आधुनिक दक्ष तथा जलवायुमैत्री स्वच्छ उर्जा प्रवर्द्धनको लागि प्राप्त हुने अमेरिकी डलर २१.१२ मिलियन अनुदान सहायता स्वीकार गर्ने ।
हरित तथा नवीकरणीय उर्जा प्रवर्द्धनका लागि युरोपियन युनियनबाट प्राप्त हुने युरो ४. ५ मिलियन बराबरको आर्थिक प्राविधिक सहायता स्वीकार गर्ने ।
पहाडी क्षेत्रमा काष्ठफल तथा फलफूल आयोजनाका लागि एसियाली विकास बैंकबाट सहुलियतपूर्ण ऋण तथा अनुदान साहयतासम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन अर्थमन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने ।
विभूषणका सदस्यमा रहनु भएका अन्य सदस्य यतावत रहने गरी कलाकार श्री मदनदास श्रेष्ठको सट्टामा कला क्षेत्रबाट संगीतकार श्री शम्भुजित बास्कोटालाई विभूषण समितिको सदस्य तोक्ने ।
नेपालको नागरिता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदबाट फिर्ता लिने ।
सशस्त्र प्रहरी दोस्रो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने ।
प्रत्येक वर्ष वैशाख १ गते घरजग्गा लिखित रजिष्टेशन दिवस मनाउनका लागि स्वीकृति प्रदान गर्ने ।
विभिन्न २३ जिल्लाका २ लाख २३ हजार ३३० गरिबी परिवारको सूचीकृत सूची स्वीकृत गर्ने ।
राष्ट्रिय बाल परिषद्को कार्यकारी निर्देशक पदको हालको बालबालिकासम्बन्धी नियमावली २०७८ मा नभएकाले कार्यकारी निर्देशक श्री मिलनराज धरेललाई पदमुक्त गर्ने र राष्ट्रिय बाल परिषद्को उपाध्यक्ष तीन जना सदस्यहरु र सदस्यसचिव नियुक्त गर्ने ।
बागमती प्रदेश ट्राफिक प्रहरीलाई चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर १ रामनगरेस्थित शतनचुली सामुदायिक वनको कुल जम्मा ०.६ प्रतिशत ४६ हेक्डर वन क्षेत्र प्रयोग गर्न स्वीकृत दिने ।
कर्णाली प्रदेशको प्रादेशिक सरुवा रोग अस्पताल निर्माणको सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका वडा नम्बर १२ सिन्चुस्थित राष्ट्रिय वनको कुल जम्मा ४.९ हेक्टर वन क्षेत्र प्रयोग गर्न दिने ।
भाषा आयोगको पदमा डा. अमरराज गिरी,प्राध्यापक डा. कृष्णप्रसाद न्यौपाने,मातृकाप्रसाद पोखरेल,गोपालप्रसाद सराफ र अमृत योञ्जन तामाङलाई नियुक्त गर्ने ।
विभिन्न स्थानीय तहलाई स्थानीय तहको परियोजनाको लागि जग्गा प्राप्ति गर्न स्वीकृत दिने ।
नेपाल दूरसञ्चार प्राधिकरणको प्राविधिक सदस्यमा श्री रविन्द्र झा र लेखा तथा परीक्षण सदस्यमा श्री गोर्कणप्रसाद सिटौलालाई नियुक्त गर्ने ।
नेपाल प्रशासन सेवा सामूहिकीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्तपदमा सहसचिव डा. गोपीकृष्ण खनाललाई बढुवा गर्ने ।
नेपाल कृषि तथा वन सेवा सामूहिकीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्तपदमा डा. दिपककुमार खराललाई बढुवा गर्ने ।
नेपाल स्वास्थ्य सेवाको अधिकृत १२औं तहमा प्रमुख कन्सल्टट्यान्ट अफटेटीसियन गाइनोकोलोजिष्ट डा. संगीता कौसल मिश्रलाई बढुवा गर्ने ।
हेजिङ नियमावली २०७८ स्वीकृत गर्ने ।
वैदेशिक रोजगारबाट फर्केका व्यक्तिका लागि पुनः एकीकरण कार्यक्रम सञ्चालन तथा व्यवस्थापना निर्देशिका २०७९ स्वीकृत गर्ने ।
प्रकाशित समय : ०१:३९ बजे



















