गृहपृष्ठ प्राइम लाइफ इन्स्योरेन्सद्वारा विद्यालयलाई ३ लाख रूपैयाँ सहयोग
प्राइम लाइफ इन्स्योरेन्सद्वारा विद्यालयलाई ३ लाख रूपैयाँ सहयोग
प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत उदयपुरकाे खाट मन्दिर आधारभूत विद्यालयमा अध्यनरत ३५० जनाभन्दा बढी बालबालिकालाई स्कुल ब्याग वितरण गरेकाे छ ।
यसका साथै कम्पनीले भवन निर्माणका लागि विद्यालयलाई ३ तीन लाख आर्थिक सहयोगसमेत गरेको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काकाे प्रमुख आतिथ्यमा एक कार्यक्रमबीच कम्पनीले उक्त सहयाेग हस्तान्तरण गरेकाे हाे । कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री डा. खड्काले आफ्नो गृह वडाका विद्यालयलाई सहयोग भएकामा खुसी व्यक्त गरे ।
कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी, लक्षमण ज्ञवाली, मन्दिल अधिकारी, हरि बहादुर खड्का, विकाश अधिकारीलगायत उपस्थित थिए ।
प्रकाशित समय : ०१:२८ बजे



















