काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नागरिकता विधेयक फिर्ता गर्ने सरकारकाे निर्णय

14.51K
shares

संसदमा विचाराधीन अवस्थामा रहेको नागरिकता विधेयक फिर्ता हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि संसदमा दर्ता भएको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेकाे एक मन्त्रीले बताए । उनका अनुसार सरकारले अर्को विधेयक दर्ता गर्ने निर्णय गरेको हो ।

सरकारले २०७५ सालमा नै नागरिकता विधेयक संसदमा लगेको थियो । चार वर्षअघि संसदमा लगेर पारित हुन नसकेको विधेयक सरकारले फिर्ता लिन लागेको हो । साे विधेयकमा नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्कालै नागरिकता दिने वा ७ वर्षपछि दिने भन्ने विषयमा विवाद छ ।

अब सरकारले नयाँ प्रक्रियाबाट अर्को विधेयक अघि बढाउने तयारी गरेको छ ।