global ime bank Long Banner Ad

गृहपृष्ठ रोल्पा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

रोल्पा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

रोल्पा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

रोल्पा कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी हुँदा समस्या भएको छ ।

५० जनाको क्षमता रहेको सो कारागारमा अहिले ११२ जना कैदीबन्दी छन् । क्षमताभन्दा धेरै हुँदा कारागार सुरक्षामा चुनौती हुनुका साथै कैदीबन्दीको जीवनयापन कठिनाइ भएको छ ।

२०४६ सालमा हस्तान्तरण गरिएको कारागार ३५ पुरुष र १५ महिलासहित ५० कैदीबन्दी राख्ने क्षमतासहित निर्माण गरिएको थियो । हाल कारागारमा १० महिला र १०२ पुरुषसहित ११२ जना कैदी बन्दी रहेको जिल्ला कारागार कार्यालय रोल्पाले जानकारी दिएको छ ।

कारागार कार्यालय रोल्पाका अनुसार हाल रोल्पा कारागारमा ७१ पुरुष र ४ महिलासहित ७५ कैदी तथा ३१ पुरुष र ६ महिलासहित ३७ थुनुवा रहेका छन् ।

प्रकाशित समय : १३:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु