global ime bank Long Banner Ad

गृहपृष्ठ बाजुरा–हुम्ला सीमा विवाद : अबरुद्ध कर्णाली करिडोर सुचारु गर्ने सहमति

बाजुरा–हुम्ला सीमा विवाद : अबरुद्ध कर्णाली करिडोर सुचारु गर्ने सहमति

बाजुरा–हुम्ला सीमा विवाद : अबरुद्ध कर्णाली करिडोर सुचारु गर्ने सहमति

बाजुरा । बाजुराको हिमाली गाउँपालिका ३ लाम्पाटामा भएको सीमा विवाद र प्रहरी चौकी निर्माणको पश्चात् अबरुद्ध गरिएको कर्णाली करिडोर राजमार्ग सुचारु गर्ने सहमती भएको छ ।
हिमाली युवा क्लब तथा हिमाली गाउँपालिकाका राजनीतिक दल, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल बाजुराबीच छलफलपछि आन्दोलन स्थगित गर्ने सहमति भएको हो ।

लाम्पाटामा भएको घटनाको स्थलगत अनुगमन गरी मुचल्का बनाउने, हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नं. २ र ३ र उक्त घटनामा संलग्न दोषिहरुलाई काुननी दायरामा ल्याइने जनाएको छ । स्थानीय व्यक्ति र घुम्न गएका पर्यटकहरुको लुटिएका व्यक्तिगत र सार्वजनिक सम्पत्तिहरुको क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने सहमति गरिएको हो ।

त्यस्तै विवाद हुँदा कुटपिट भई घाइते भएका स्थानीयको उपचारका लागि पिडक पक्षले जिम्मा लिइ उपचारको पूर्ण क्षतिपूर्ति रूपमा उपलब्ध गराउनुपर्ने, लाम्पाटा, च्याचौरका विस्थापित परिवारलाई स्थानान्तरण गरी सुरक्षाको प्रत्याभूति दिलाउने, निर्माणाधीन प्रहरी चौकी भवन निर्माणका नष्ट भएका सामग्रीको क्षतिपूर्ति असुल गरी निर्माण कार्य तुरुन्त अघि बढाउने गरि त्रिपक्षीय सहमति भएको छ ।
उक्त कार्यहरूको कानुनी प्रक्रिया २४ घण्टामा यातायात सञ्चालन गर्ने साथै उक्त अवधिभित्र प्रक्रिया अघि नबढेमा पुनः अनिश्चितकालीन आन्दोलन गरिने चेतावनी समेत दिइएको छ ।

हिमाली गाउँपालिका –३ लाम्पाटामा झडप हुँदा ६ जना घाईते भएका थिए । त्यसपछि हुम्ला जाने सवारीसाधनलाई पूर्ण रुपमा रोक लगाइएको थियो।

झडमा हिमाली गाउँपालिका ३ लाम्पाटा बस्ने पेमा गारा गुरुङ, लक्ष्मी गुरुङ, मिन कँुवर र नरबहादुर गुरुङ प्रहरी चौकी बिच्छ्यामा कार्यरत प्रहरी सहायक हवल्दार महेश धामी र हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापा घाइते भएका थिए । घाइतेमध्ये चार जनाको काठमाडौंमा उपचार भइरहेको छ ।

‘हाम्रो सुदुरपश्चिम हामी चिनाउँछौ’ अभियानमा मेयर गोपाल हमाललगायतको टिम रानीसैन जाने क्रममाः अघिल्लो दिनमै विवाद उत्पन्न भइ सो टिमलाई समेत गन्तव्य जानबाट रोक लगाइएको थियो ।
विगत लामो समय बाजुरा जिल्ला हिमाली गाउँपालिका –३ लाम्पाटा र चियाचौर ठाउँ बाजुराको सिमाना भित्र पर्ने क्षेत्रलाई हुम्ली बासीहरुले आफ्नो जिल्लामा पर्छ भनेर दाबी गर्दै आएका छन् ।

प्रकाशित समय : १७:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु