global ime bank Long Banner Ad

गृहपृष्ठ नेकपा एकीकृत समाजवादीले साउन ४ र ५ गते जनप्रतिनिधिलाई प्रशिक्षण दिने

नेकपा एकीकृत समाजवादीले साउन ४ र ५ गते जनप्रतिनिधिलाई प्रशिक्षण दिने

नेकपा एकीकृत समाजवादीले साउन ४ र ५ गते जनप्रतिनिधिलाई प्रशिक्षण दिने

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई आगामी साउन ४ र ५ गते काठमाडौंमा प्रशिक्षण दिने निर्णय गरेको छ ।

शीर्ष नेतृत्वबाट स्थानीय तहका अधिकार, स्वायत्त शासन, प्रदेश तथा केन्द्रसँगको समन्वय, पार्टीसँगको सहकार्य, पारदर्शितालगायत विषयमा प्रशिक्षण बैठक सञ्चालन गर्ने निर्णय भएको महासचिव बेदुराम भुसालले जानकारी दिए ।प्रशिक्षक प्रशिक्षण सञ्चालन गरी देशभर नेतृत्व विकास तथा सङ्गठन सुदृढीकरण गरिनेछ । समसामयिक राजनीतिक अवस्थामा समेत छलफल गरेको बैठकले हालै सम्पन्न केन्द्रीय कमिटी, केन्द्रीय परिषद्को बैठकले पारित गरेका राजनीतिक प्रतिवेदनका साथै केही निर्णयमा समेत छलफल बैठकले गरेको छ ।

प्रकाशित समय : १२:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु