nmb bank

गृहपृष्ठ यू-२० को बन्द प्रशिक्षणबाट ११ खेलाडी बाहिरिए

यू-२० को बन्द प्रशिक्षणबाट ११ खेलाडी बाहिरिए

यू-२० को बन्द प्रशिक्षणबाट ११ खेलाडी बाहिरिए

नेपाली यू-२० राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षणबाट ११ खेलाडी बाहिरिएकाे अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएकाे छ । बन्द प्रशिक्षणमा रहेका ४१ खेलाडीबाट ११ खेलाडी बाहिरिएको एन्फाले आइतबार जनाएको छ ।

मुख्य प्रशिक्षक मेघराज केसीले ११ खेलाडी बाहिर राख्दै ३० खेलाडीलाई प्रशिक्षणमा राखेका हुन् । साफ यू-२० च्याम्पियनसिप र एएफसी यू-२० एसियन कप छनोटका एन्फाले ४१ खेलाडी प्रशिक्षणमा बोल्येको थियो । साफ यू-२० च्याम्पियनसिप भारतमा आयोजना हुँदैछ । च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।

च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ । नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७, भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ ।

शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै एएफसी यू-२० छनोटमा कतार, बहराइन, भुटान र बंगालादेशसहित नेपाल समूह 'बी'मा रहेको छ ।

बन्द प्रशिक्षणमा रहेका खेलाडी :

गोलकिपर :  ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख ।

डिफेन्डर : सौरभ कार्की, अकिब हक, अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, आश्विन भट्टराई, सृजन धानी, रोशन थापा, राज थोकर ।

मिडफिल्डर : अभिषेक वाइबा, दिपेश गुरुङ, आशिष राई, क्षितिज भण्डारी, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, प्रीतम स्याङ्तान, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान ।

फरवार्ड : दिपेश राई, निरञ्जन मल्ल, रोहित सुब्बा, रोहन खड्गी ।

प्रकाशित समय : २२:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु