गृहपृष्ठ २०औँ एसियन खेलकुदः दीपकलाई बिरासत फर्काउने जिम्मेवारी
२०औँ एसियन खेलकुदः दीपकलाई बिरासत फर्काउने जिम्मेवारी
महेन्द्रनगरस् ।१६औँ वर्षअघि सन् २०१० मा चीनको ग्वाङ्झाउमा भएको १६औँ एसियन खेलकुदमा नेपाली बक्सर दीपक महर्जनले कांस्य जितेर नेपालका लागि बक्सिङमा एक मात्रै पदक दिलाए । त्यसपछि भएका तीन वटा संस्करणमा नेपाली बक्सरले पदक जित्न सकेका छैनन् ।
विसं २००४ बाट बक्सिङ खेलमा आबद्ध भएका काठमाडौँका दीपकले राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा मुलुकको प्रतिनिधित्व गरिसक्नु भएको बक्सर मर्हजन पछिल्लो दश वर्षयता भने बक्सिङ प्रशिक्षकका रूपमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा कार्यरत हुन ।
“पछिल्लो पटक १६ वर्षअघि खेलाडीका रूपमा मैले नै नेपालका लागि एसियनमा एक मात्रै पदक दिलाएको थिए”, भारतको आसाममा बक्सिङ टिमको प्रशिक्षक रहेको भएका दीपकले भने, “संयोग नै मान्नुपर्छ मैले पदक दिलाएयता कुनै पदक नेपाली बक्सिङले ल्याउन नसेको अवस्थामा पदक ल्याएर बिरासत फर्काउने लक्ष्य हाम्रै जिम्मेवारीमा आएको छ ।”
आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानमा २०औँ एशियन खेलकुदमा नेपालबाट बक्सिङ प्रतिस्पर्धाका चार पुरुष र तीन महिला गरी सानत खेलाडी वैदेशिक प्रशिक्षणमा अहिले भारतको आसमस्थित ‘स्पोर्ट्स अथोरिटी अफ इन्डिया’ मा प्रशिक्षण गरिरहेका छन् ।
“हाम्रा खेलाडीहरूले यहाँ आएर वैदेशिक प्रशिक्षणमा धेरै मेहिनत गरिरहेका छन् । यहाँ थुप्रै अन्तरराष्ट्रिय खेलमा सहभागी खेलाडीहरूसित अभ्यास भइरहेको छ”, बक्सिङ प्रशिक्षक मर्हजनले भने, “जित दिलाउने बिरासत फर्काउने चुनौती र सम्भावना दुवै छ । जीतका लागि कडा परिश्रम र भाग्यले पनि कहिलेकाँही साथ दिनुपर्छ ।” उनले आसन्न एशियन खेलकुदमा बक्सिङ खेलबाट पनि नेपालले पदकको आशा राख्न सक्ने ठाउँ रहेको मर्हजनको भनाइ छ ।
“मेरै नेतृत्वको टिम वल्र्ड च्याम्पियनसिपमा भाग लिँदा सन् २०२५ मा बक्सर चन्द्रबहादुर थापाले काष्य पदक जितेको इतिहास छ”, उनले भन्े, “चन्द्रबहादुरसँगै निकै सम्भावना बोकेका खेलाडीहरू एसियन प्रतिस्पर्धाको तयारीमा छन् ।” उनले नेपाली बक्सिङ टिम तीन वर्ष अघिदेखि नै एसियनको आन्तरिक तयारी गरिरहेको जानकारी दिए। “हामी अझै एक महिना जति आसाममा प्रशिक्षणमा छौँ”, मर्हजनले भने, “भारतको तयारीले पदक जित्ने आशा थप बलियो भएको छ ।”
यहाँ नेपाली खेलाडीहरू पुरुष ५५ केजीमुनिमा चन्द्रबहादुर थापा, ६० केजीमुनि खगेन्द्र रोका मगर, ७० केजीमुनि दानबहादुर दर्लामी र ९० केजीमुनि रविन नेपाल एशियनमा प्रतिस्पर्धा गर्नेछन् भने महिलातर्फ ५१ केजीमुनि रमिशा श्रेष्ठ, ५४ केजीमुनि अस्मिता तामाङ र ६५ केजीमुनि कुसुम तामाङले नेपालको प्रतिनिधत्व गर्दै बक्सिङ एशियनमा पदकका लागि भड्निे लक्ष्य सहित तयारी गर्दैछन् ।
सात सदस्यीय खेलाडीसँगै प्रशिक्षकमा दीपक मर्हजन र राज श्रेष्ठ तथा व्यवस्थापनमा नेपाल बक्सिङ सङ्घका महासचिव मानबहादुर भण्डारी खटिएका छन् । “यहाँ वल्र्ड च्याम्पियनसिप र ओलम्पिक खेलेका खेलाडीहरूसँग प्रशिक्षणरअभ्यास हुँदै छ”, प्रशिक्षक महर्जनले भने, “यो हाम्रा खेलाडीहरूका लागि अवसर पनि हो । खेलाडीको प्रदर्शन अझ बलियो हुन्छ ।”
प्रकाशित समय : १७:४१ बजे


















