राजेन्द्र लिङ्देनकाे ‘भुइँ नबिर्सने अभ्यास’
वि.सं.२०७९ असार १९ आइतवार १८:०५
shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन रोपाइँमा व्यस्त बनेका छन् । झापाकाे हल्दिबारी-१ मा रहेको आफ्नो खेतमा उनी धान रोपाइँ गरिरहेका हुन् ।
उनले खेतमा काम गर्दै गरेको तस्बिरहरु आइतबार बिहान सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । धान राेप्नका लागि तयार गरिएको खेतमा मल छर्दै गरेको भिडियो लिङ्देनले फेसबुकमा राखेका छन् । तस्बिरहरूमा उनी धान राेपिरहेकाे, खन्दै गरेकाे र मल छरिरहेकाे देखिन्छ । तस्बिर र भिडियोसँगै उनले ‘भुइँ नबिर्सने अभ्यासमा’ लेखेक छन् ।
(तस्बिरहरू: लिङ्देनकाे फेसबुक)






















