३ सय रूपैयाँ बढ्यो सुनको मूल्य
वि.सं.२०७९ असार १९ आइतवार १७:३२
shares

साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला तीन सय रुपैयाँले बढेको हो ।
आज छापावाल सुन ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ । शुक्रबार छापावाल सुन प्रतितोला ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको छ ।
आइतबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १२ सय कायम भएको महासंघले जनाएको छ ।






















