global ime bank Long Banner Ad

गृहपृष्ठ हिमालयन हाइड्रोपावरको आइपीओमा मागभन्दा बढी आवेदन

हिमालयन हाइड्रोपावरको आइपीओमा मागभन्दा बढी आवेदन

हिमालयन हाइड्रोपावरको आइपीओमा मागभन्दा बढी आवेदन

हिमालयन हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ)मा मागभन्दा बढी आवेदन परिसकेको छ । सीडीएससीका अनुसार शुक्रबारसम्म आइपीओमा ९ लाख ८९ हजार ६३८ जनाले १ अर्ब १३ करोड ७७ लाख ३७ हजार रुपैयाँको १ करोड १३ लाख ७७ हजार ३७० कित्ताका लागि आवेदन परेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १९ लाख ६८ हजार २५० कित्ता सेयर निष्काशन गरेको छ । कम्पनीले निष्काशन गरेको सेयरमा ३९ हजार ३६५ कित्ता कम्पनीका कर्मचारी र ९८ हजार ४१३ कित्ता सामूहिक लगानीका लागि छुट्याएको छ । बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ ।

आइपीओमा लगानीकर्ताले न्यूनतम १० र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने छ । आइपीओमा १९ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले असार १५ गतेदेखि आइपीओ निष्कासन गरेको हो ।

प्रकाशित समय : २१:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु