काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राजु लामाको स्वरमा ‘ठुली’ म्युजिक भिडियो सार्वजनिक

17.39K
shares

हालै सगरमाथाको सफल आरोहण गरेका गायक राजु लामाको स्वरमा रहेको ‘ठुली’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

राजु लामा र तारा शिरिष मगरको सुमधुर स्वरमा रहेको ठुलीको म्युजिक भिडियोलाई नेपाल इन्टरटेनमेन्ट प्रालिले सार्वजनिक गरेको हो । उक्त गीतमा शब्द कौडा बुढा मगरको रहेको छ भने संगीत सरोज लामाको छ ।

‘नाकैमा ठुली, शिरैमा सुनको शिरबन्दी’, ‘म पनि केमा कम छु र ? भनन, चट्टै परेर आको छु हेर न’, ‘आऊ न नजिक मलाई अंगालोमा बेरन’लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ ।

उक्त भिडियोमा आकाश श्रेष्ठ र बिना राउतले  अभिनय गरेका छन् । अर्जुन तिवारीले छायांकन गरेको सो भिडियोमा  शान थापाले निर्देशन गरेका हुन् । उक्त गीतको भिडियो नेपालमय युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ ।