नेप्से २ हजार विन्दुमाथि, करिब अढाई अर्बको काराेबार
वि.सं.२०७९ असार १६ बिहीवार २१:२६
shares
लगातारजसो ओरालो लागिरहेको सेयरबजार बिहीबार ७४.९३ अंकले बढेर २०३७.६४ विन्दुमा पुगेको छ । आज सेन्सिटिभ सूचक पनि १२.६३ अंकले बढेको छ ।
२२७ कम्पनीको सेयर कारोबार भएको दिन ७२ लाख कित्ता बिक्री भएका छन् । ४७ हजार बढी पटकको खरिदबिक्रीमा २ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको छ । १३ उपसमूहको सूचक सबै हरियो भएका छन् । यसअनुसार १९१ कम्पनीको सेयर बढ्दा दुईवटाको मात्रै घटेको नेप्सेले जनाएको छ ।
नेपाल फाइनान्स लिमिटेड, मैलुङ खोला जलविद्युत् कम्पनी, न्यादी पावर लिमिटेड लगायतका सेयरधनीले धेरै कमाएका छन् । गुमाउने लगानीकर्ताले आज ३.८९ प्रतिशतसम्म गुमाएका छन् ।

























