global ime bank Long Banner Ad

गृहपृष्ठ लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । माओवादी केन्द्रबाट राज्यमन्त्री रहेकी वली पछिल्लो समय माओवादीको युवा संगठन वाइसीएलका नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेपछि विवादमा आएकी थिइन् ।

एकराजकी श्रीमती र छोरीमाथि अभद्र व्यवहार गरेको प्रकरणमा वलीमाथि छानबिन गर्न समितिसमेत गठन भएको थियो । पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ (ख)मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् ।

फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेकी थिइन् । त्यसपछि माओवादीले उनलाई राज्यमन्त्री बनाएको थियो ।

प्रकाशित समय : १८:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु