गृहपृष्ठ खुमलटारका खेतमा रोपाइँ महोत्सव, मन्त्रीले रोपे मेसिन चलाएर धान

खुमलटारका खेतमा रोपाइँ महोत्सव, मन्त्रीले रोपे मेसिन चलाएर धान

खुमलटारका खेतमा रोपाइँ महोत्सव, मन्त्रीले रोपे मेसिन चलाएर धान

धान दिवसको अवसरमा ललितपुरको खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रले रोपाइँ महोत्सव आयोजना गरेको छ । कार्यक्रममा कृषिमन्त्री महिन्द्र राय यादवले मेसिनमार्फत् धान रोपेर धान रोपाइँको शुभारम्भ गरेका छन् । रोपाहारले भने हातैले धान रोपेका थिए ।

१९ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले ठेकदारको कारण रासायनिक मल अभाव भएको बताए । मलको ठेक्का प्रणाली नै राम्रो नभएको भन्दै उनले निजी क्षेत्रलाई मल ल्याउन दिने कि नदिने भनेर सोच्ने बेला भएको बताए ।

प्रकाशित समय : १६:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु