global ime bank Long Banner Ad

गृहपृष्ठ चट्याङ लागेर बालकको मृत्यु

चट्याङ लागेर बालकको मृत्यु

चट्याङ लागेर बालकको मृत्यु

बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएका राप्तीसोनारी-३ नारायणपुरका ६ वर्षीय अभिषेक थारूको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा गए राति मृत्यु भएको डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।

थारुसँगै रहेका सोही ठाउँका २२ वर्षीय ईश्वरी ओली पनि घाइते भएका छन् । उनको अहिले राप्तीसोनारी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित समय : १६:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु