गृहपृष्ठ पेस्तोलसहित एक युवक पक्राउ
पेस्तोलसहित एक युवक पक्राउ
पेस्तोलसहित प्रहरीले जनकपुरधामबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-९ का ३७ वर्षीय मनिषकुमार अधिकारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले अमेरिकन पेस्तोलसहित अधिकारीलाई पक्राउ गरेको डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । उनको घर खानतलासी गर्ने क्रममा भान्सा कोठामा लुकाइ राखेको अवस्थामा एक थान पेस्तोल र एक राउण्ड गोली बरामद भएको हो ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित समय : १६:२६ बजे



















