global ime bank Long Banner Ad

गृहपृष्ठ पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड अवरुद्ध

पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड अवरुद्ध

पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड अवरुद्ध

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुर खण्डमा सडकको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । नारायणगढ-बुटवल सडक विस्तारका लागि नवलपुरको विभिन्न स्थानमा निर्माण गरिएका डाइभर्सन आज बिहान बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर जयराम वन्तका अनुसार नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका-१ स्थित खहरेखेला, मध्यविन्दु नगरपालिका-१० स्थित ठूलो खहरे र सानो खहरे खोलामा पुल निर्माणका लागि बनाइएका तीन डाइभर्सन बाढीले बगाउँदा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो ।

मंगलबार दिउँसोदेखि परेको वर्षाका कारण बाढीले डाइभर्सन बगाएको हो । बाढीले डाइभर्सन बगाएको स्थानमा प्रहरीले डोजरको सहयोगमा डाइभर्सन निर्माण गरिरहेको वन्तले जानकारी दिए ।

प्रकाशित समय : १४:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु