global ime bank Long Banner Ad

गृहपृष्ठ चामे गाउँपालिकाको बजेट ३१ करोड ३७ लाख

चामे गाउँपालिकाको बजेट ३१ करोड ३७ लाख

चामे गाउँपालिकाको बजेट ३१ करोड ३७ लाख

हिमाली जिल्ला मनाङको चामे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु ३१ करोड ३७ लाख ७४ हजारको बजेट विनियोजन गरेको छ ।

बसपार्क र उद्योगग्राम निर्माणसहितको पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर गाउँपालिकाका उपाध्यक्ष मिङमार ढोमा लामाले बजेट सार्वजनिक गरेका छन् । गाउँपालिकाले चालु खर्चतर्फ १० करोड १४ लाख ९७ हजार विनियोजन गरेको छ । पुँजीगत खर्चतर्फ २१ करोड २२ लाख ७७ हजार विनियोजन गरिएको छ । 

चालु खर्चमा संघ सरकारबाट राजस्व बाँडफाँडतर्फ चार करोड ३७ लाख ९९ हजार, सशर्त अनुदानतर्फ पाँच करोड ४४ लाख विनियोजन गरिएको छ । चालु खर्चमा प्रदेश सरकारबाट राजस्व बाँडफाँटतर्फ ६ लाख ४८ हजार, गाउँपालिकाको आन्तरिक आयतर्फ २६ लाख ५० हजार विनियोजन गरिएको छ । 

पुँजीगत खर्चमा संघीय सरकारबाट समानीकरण अनुदानतर्फ सात करोड १३ लाख, सशर्त अनुदानतर्फ दुई करोड ७० लाख, समपुरक अनुदान (विपद् व्यवस्थापन) तर्फ मर्स्याङ्दी नदी र ठाडो खोलामा (तटबन्ध)तर्फ एक करोड ७० लाख, अन्य अनुदानतर्फ दुई करोड ९६ लाख ५७ हजार विनियोजन गरिएको छ ।

संघ सरकारकाले अन्य अनुदानको रुपमा मनाङको सदरमुकाम चामेमा बसपार्क निर्माण र उद्योगग्राम निर्माण गर्ने लक्ष्य लिएको छ । प्रदेश सरकारबाट समानीकरण अनुदानतर्फ ४२ लाख ५७ हजार, विशेष अनुदानतर्फ ७० लाख, समपुरक अनुदानतर्फ ५० लाख विनियोजन गरिएको छ । प्रदेश सकारबाट विनियोजित विशेष अनुदानमार्फत् लोकप्रिय माध्यमिक विद्यालयको छात्रावास भवन निर्माण र समपुरक अनुदानमार्फत थानचोक स्वास्थ्य चौकी निर्माण गरिने छ । 

गतवर्ष मर्स्याङ्दी नदीमा आएको बाढीले उक्त विद्यालय र स्वास्थ्य चौकीमा क्षति पुर्‍याएकोले मर्मतका लागि बजेट विनियोजन गरिएको हो । आन्तरिक आय (गत वर्षर्का मौज्दात) चार करोड ५० लाख ६३ हजार रहेको छ । 

गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले चामे बजारमा खानेपानी विस्तार र ढल निकास आयोजना साझेँदारी कार्यक्रमलाई प्राथमिकता दिइएको बताए । उनले चामेमा विद्युत् आयोजना निर्माण, स्यार्कु शीत भण्डार निर्माण, प्रकोप व्यवस्थापन तथा उद्धार कोष र कृषि, पशु क्षेत्रमा विकास तथा विस्तार लगायतका कार्यक्रम गाउँपालिकाले समेटेको बताए । 

आवासीय विद्यालय सञ्चालन, दिवा खाजा कार्यक्रम, शिक्षा, स्वास्थ्य, खेलकुद, सीपमूलक तालिम, लघु उद्यम विकास कार्यक्रम, विद्युत् कुलोदेखि स्याउबारीसम्म तटबन्ध, बस्ती संरक्षण, कजिन सारा ताल पर्यटकीय भ्रमण, संगठन तथा व्यवस्थापन सर्वेक्षणलगायतका योजनालाई गाउँपालिकाले गौरवको योजनाका रुपमा प्राथमिकतामा राखेको छ । 

प्रकाशित समय : २३:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु