global ime bank Long Banner Ad

गृहपृष्ठ गायक राजेश पायल राईको ‘खुसीका मुहान’ सार्वजनिक (भिडियो)

गायक राजेश पायल राईको ‘खुसीका मुहान’ सार्वजनिक (भिडियो)

गायक  राजेश पायल राईको ‘खुसीका मुहान’ सार्वजनिक (भिडियो)

लोकप्रिय गायक राजेश पायल राईको स्वरमा सजिएको ‘खुसीका मुहान’ बोलको म्युजिक भिडियो आज सार्वजनिक भएको छ ।

गीतमा शब्द राज मुकारुङको तथा संगीत अम्बर तुम्बापो सुब्बाको रहेको छ । सहास शाक्यले संगीत संयोजन गरेका हुन् । जातका कारण वैवाहिक जीवनमा बाधिन नसकेकाहरुको कथामा तयार पारिएको उक्त म्युजिक भिडियोमा नग्मा श्रेष्ठ र सागर थापाको अभिनय हेर्न सकिन्छ ।

‘छुटेर गए खुसीको मुहान, जीवन भयो…’, ‘तिमीसँगै जीउने, मर्ने अधुरो भयो रहर’, ‘खुसी सजाउन पाएँ मुटुमा..’लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएका छन् । विशाल थापाले छायांकन गरेको उक्त भिडियोलाई गायक ज्वाला राईले सम्पादन गरेका हुन् । 

उजन नेवा शाही उत्पादन व्यवस्थापक रहेको भिडियोलाई गायक सुरज तामाङको निर्देशनमा तयार पारिएको हो । 

प्रकाशित समय : २३:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु