global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ आकासियो हवाई भाडा, धनगढी पुग्न अधिकतम १६,८०५ रुपैयाँ (सूचीसहित)

आकासियो हवाई भाडा, धनगढी पुग्न अधिकतम १६,८०५ रुपैयाँ (सूचीसहित)

आकासियो हवाई भाडा, धनगढी पुग्न अधिकतम १६,८०५ रुपैयाँ (सूचीसहित)

नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेपछि वायुसेवा कम्पनीहरुले हवाई भाडा वृद्धि गरेका छन् । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट सबैभन्दा धेरै धनगढीका लागि ८४० रुपैयाँ भाडा बढी लाग्ने छ ।

अब काठमाडौं-धनगढी रुटको भाडा अधिकतम १६ हजार ८०५ रुपैयाँ पुगेको छ । नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ बढाएर १८५ रुपैयाँ पुर्‍याएको छ ।

काठमाडौंबाट सबैभन्दा कम सिमराका लागि १७० रुपैयाँ भाडा बढेको छ । अब यो विमानस्थलसम्मको यात्राका लागि अधिकतम ४ हजार १९५ पुगेको छ । भरतपुर पुग्न अब ४ हजार ९३५ रुपैयाँ लाग्ने छ । यहाँ २ सय रुपैयाँ भाडा बढेको छ । बढेको भाडा बुधबारबाट लागु हुनेछ ।

यस्ताे छ मूल्यसूची :

प्रकाशित समय : १२:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु