गृहपृष्ठ उर्जा वचत गर्न बंगलादेशमा बेलुका ८ बजेपछि बजार बन्द
उर्जा वचत गर्न बंगलादेशमा बेलुका ८ बजेपछि बजार बन्द
बंगलादेशमा बेलुका ८ बजेपछि बजार बन्द गर्नुपर्ने व्यवस्था गरिएको छ । प्रधानमन्त्री शेख हसिनाले बेलुका ८ बजेपछि सबै पसल तथा व्यवसायीक प्रतिष्ठानहरू बन्द गर्न आग्रह गरेकी हुन् । यो नियम देशैभरी लागू गर्न पनि उनले अनुरोध गरेकी छन् ।
प्रधानमन्त्रीको निर्देशनमा प्रधानमन्त्री कार्यालयका महानिर्देशक महमद अहसान किब्रीया सिद्धिकीले शुक्रबार सूचना जारी गर्दै ८ बजेसम्म मात्रै बजार खुला गर्न आग्रह गरेका हुन् । उर्जा तथा पेट्रोलियम पदार्थको खपत न्यूनीकरण गर्ने उद्देश्यले राती ८ बजेपछि पसल तथा बजार बन्द गर्न आग्रह गरिएको सरकारी अधिकारीहरूले जनाएका छन् ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि विश्वव्यापी समस्याको रुपमा देखिएकाले पेट्रोलियम पदार्थको बचतका लागि विभिन्न देशमा विभिन्न उपायहरू अपनाउने गरिएको छ । पेट्रोलियम पदार्थको अभावका कारण मूल्य वृद्धि समेत हुने गरेकाले त्यसको नियन्त्रणका लागि पनि यसको प्रयोग कम गर्नु परेको हो ।
बेलुका चाँडै बजार बन्द गर्दा विद्युत तथा पेट्रोलियम पदार्थको खपत घट्ने र व्यापार घाटा पनि कम हुने अपेक्षा सरकारले गरेको छ ।
प्रकाशित समय : २१:४२ बजे



















