काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘पानीफोटो’को टिजर सार्वजनिक

12.45K
shares

अभिनेता तथा लेखक खगेन्द्र लामिछानेले निर्देशकको रुपमा डेब्यू गरेको फिल्म ‘पानीफोटो’को टिजर सार्वजनिक भएको छ । फिल्मको टिजर बिहीबार हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

लामिछानेकै लेखन तथा निर्देशनमा बनेको यो फिल्ममा टिजरमा देखिएका अनुप बराल र मेनुका प्रधानसँगै रमेश अधिकारी, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ । जनयुद्धको समयमा बेपत्ता छोराको प्रतिक्षामा रहेका अभिभावकको कथा फिल्ममा देखाइएको निर्देशक लामिछानेले बताएका छन् । रोजिना सिटौला र रविन्द्र बज्रचार्यको लगानीमा बनेको फिल्म साउन १३ मा प्रदर्शनमा आउँदै छ ।

फिल्मलाई दीपक बज्राचार्यले खिचेका छन् भने निमेश श्रेष्ठले सम्पादन गरेका छन् । पुष्पा संगमको पार्श्वध्वनिले सजिएको फिल्म टुकी आर्टस् प्रालिको ब्यानरमा बनेको हो ।

टिजर :