काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

गरिमा विकास बैंकले सम्पन्न गर्‍यो महिनाव्यापी वित्तीय जागरण कार्यक्रम

8.13K
shares

‘वित्तिय जागरुपता, आजको आवश्यकता’लाई मूल नारा बनाइ गरिमा विकास बैंकले जेठ महिनाभर बैंक तथा वित्तीय संस्थासम्बन्धी बृहत् वित्तीय जागरण कार्यक्रमको सफल आयोजना गरेको छ । 

जेठ महिनाभर चलेको यस वित्तीय जागरण कार्यक्रम अन्तर्गत विभिन्न विद्यालय, कलेज, अफिसमा बैंकको १२० वटै शाखाले दुईवटा वित्तीय जागरणका कार्यक्रम आयोजना गरेको हाे । 

जस अन्तर्गत, यस कार्यक्रममा बैंकले दिने सेवा तथा सुविधाहरु, बचत गर्नुको फाइदा, वित्तिय सल्लाहसुझाव एवं डिजिटल बैकिङका फाइदाहरुको बारेमा विस्तृत चर्चा तथा परिचर्चा भएको थियो । हरेक कायक्रममा बैंक तथा वित्तीय संस्थासम्बन्धी जान्न चाहनेहरुको सहभागीता उल्लेखनीय रहेको थियो । 

भव्य एवं सभ्य तरिकाले सम्पन्न महिनाव्यापी वित्तीय जागरण कार्यक्रमले हरेक जनतामाझ वित्तीय जागरुपता फैलाउन मद्धत पुग्ने आशा राखिएको बैंकले जनाएको छ । 

हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटीएमबाट सरल, सुलभ एवं गुणस्तरीय बैकिङ सेवा दिँदै आइरहेको छ ।