काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोलीसहित युवती पक्राउ

6.6K
shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फबाट गोलीसहित एक महिला पक्राउ परेकी छन् । आन्तरिक उडानतर्फको प्रस्थानबाट एक राउण्ड गोलीसहित सर्लाहीको हरिपुर नगरपालिका-७ की  ३६ वर्षीया किरणकुमारी सिंह पक्राउ परेकी हुन् ।

उनलाई मंगलबार विमानस्थल प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार सिंहले बोकेको ह्याण्ड ब्यागबाट उक्त गोली बरामद भएको हाे । उनी बुद्ध एयरको उडानमार्फत जनकपुर जान लागेकी थिइन् । सो क्रममा एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उक्त गोली फेला परेको प्रहरीले जनाएको छ ।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।