global ime bank Long Banner Ad

गृहपृष्ठ एसपीपीबारे प्रधानमन्त्रीलाई संसद्‌मा जबाफ दिनुपर्छ : गगन थापा

एसपीपीबारे प्रधानमन्त्रीलाई संसद्‌मा जबाफ दिनुपर्छ : गगन थापा

एसपीपीबारे प्रधानमन्त्रीलाई संसद्‌मा जबाफ दिनुपर्छ : गगन थापा

 नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद् गगन थापाले अमेरिकासँग गर्न लागेको भनिएको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताबारे प्रधानमन्त्रीले संसद्‌मा जबाफ दिनुपर्ने बताएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले एसपीपीबारे आपत्ति जनाएका हुन् । उनले नेपालको संविधानले यस्तो खाले सम्झौता गर्न छुट नदिने उल्लेख गरे । 

‘नेपाली सेना संलग्न हुने कुनै पनि साझेदारीमा नेपाल सहभागी हुन पाउँदैन र सक्दैन,’ उनले भने,‘नेपाली कांग्रेस र नेपाल यस्ता प्रकृतिको सम्झौतामा सहभागी हुन सक्दैन । प्रधानमन्त्रीले आजै संसद्‌मा आएर जबाफ दिन सभामुखसँग माग गर्दछु ।’

यस विषयमा समाचारहरु प्रशस्त आएका भन्दै विगतदेखि रक्षामन्त्री सकारात्मक रहेको भिएको पनि सुन्नमा आएकाले सदनमा जबाफ प्रष्ट आउनुपर्ने बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले नै रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका छन् । 

प्रकाशित समय : १८:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु