काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

18.71K
shares

जिल्लाको कालिका नगरपालिका–५ सिमाचोकमा मोटरसाइकल र स्कुटर एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

भरतपुरबाट पदमपुरतर्फ जाँदै गरेको ना३९प २९७१ नम्बरको मोटरसाइकल र गढुवाचोकबाट पदमपुर सामुदायिक वनतर्फ आउँदै गरेको प्रदेश २–०३–००७ प ५६७५ नम्बरको स्कुटर आज दिउँसो एकापसमा ठक्कर खाएर दुर्घटना भएको हो ।

ठक्कर खाँदा मोटरसाइकलमा सवार कालिका नगरपालिका–९ का ५० वर्षीय बलबहादुर तामाङको मृत्यु भएको हो । उनको उपचारका क्रममा कलेज अफ मेडिकल साइसेन्स शिक्षण अस्पताल भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका अनुसार मोटरसाइकल चालक स्थानीय ४० वर्षीय प्रदीपकुमार श्रेष्ठ, स्कुटर पछाडि सवार कालिका नगरपालिका–३ का ६९ वर्षीय सुकबहादुर तामाङ मध्यम घाइते भएका छन् । 

स्कुटर चालक सुकबहादुरका छोरा ३६ वर्षीय विजमान तामाङ सम्पर्कबाहिर रहेको प्रहरीले जनाएको छ ।