गृहपृष्ठ ‘ओप्पो ए१६के’को मूल्य घट्यो, अब कतिमा पाइन्छ ?
‘ओप्पो ए१६के’को मूल्य घट्यो, अब कतिमा पाइन्छ ?
ओप्पोको ए-सिरिजअन्तर्गतको पछिल्लो स्मार्टफोन 'ए१६के'को मूल्य घटेको छ । गत मार्चमा नेपालमा सार्वजनिक गरिएको उक्त फोन अब ग्राहकले १७ हजार ९९० रुपैयाँमै किन्न पाउने भएका हुन् ।
यसअघि फोनको मूल्य १९ हजार ९९० रुपैयाँ थियो । 'ओप्पो ए१६के'ले ओप्पोको स्वामित्वमा रहेको ओप्पो थ्री डी स्लीक डिजाइन, उत्पादन प्रक्रिया, स्टाईलिस र टिकाउ उपकरण उत्पादन गर्ने ए-सिरीजको परम्परालाई निरन्तरता दिइरहेको छ । ओप्पोको १६.६५ से.मि ( ६.५२”) एच्डी वाटरड्रप स्क्रिन र १६००ह्७२० डिस्प्लेको साथ अपग्रेड गरिएको छ, जहाँ चार गोलाकार कुनाहरुलाई पोइन्ट कर्नरहरु बनाइन्छ ।
यो फोन ४२३० एमएएच लङलास्टिङ ब्याट्रीको साथ सुसज्जित छ, यसले प्रयोगकर्ताहरुलाई आवश्यक पर्दा उत्पादनशील र मनोरञ्जन दुवैका लागि उपयुक्त हुने कम्पनीले जनाएकाे छ ।
प्रकाशित समय : १३:३५ बजे



















