गृहपृष्ठ काठमाडौँको फोहोर अर्को हप्तासम्म उठिसक्छ : बालेन साह

काठमाडौँको फोहोर अर्को हप्तासम्म उठिसक्छ : बालेन साह

काठमाडौँको फोहोर अर्को हप्तासम्म उठिसक्छ : बालेन साह

काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)ले काठमाडौँमा थुप्रिएको फोहोर अर्को हप्तासम्म उठिसक्ने बताएका छन्  । फोहोर उठिसकेपछि अरु प्रक्रिया सुरु हुने उनले बताए ।

आइतबार बसेको दोस्रो कार्यपालिका बैठकमा उनले यो समस्या समन्वय र अनुगमन नभएर देखिएको भन्दै समस्या र समाधान दुवै खोजिनुपर्ने बताए । मेयर साहले ढल जाम हुन नदिन त्यहाँसम्म पानी नै पुग्न नदिने उपाय गर्नु पर्ने बताए । सडक बनाउँदा छोपेर गर्ने र सडकमा निर्माण सामग्री थुपार्ने कार्य रोक्नुपर्ने उनको भनाइ छ । यस्ता कार्य गरेको भेटिएमा वडाले पनि कारबाही गर्नु पर्ने उनले बताए ।

यसैगरी, महानगर प्रमुख साहले डेढ वर्षभित्र काठमाडौँ महानगर क्षेत्रमा विद्युत्को तार ‘अन्डर ग्राउण्ड’ गरिसक्ने बताए ।

प्रकाशित समय : १८:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु