nmb bank

गृहपृष्ठ पहिरोका कारण अवरुद्ध नारायणगढ – मुग्लिन सडक खुल्यो

पहिरोका कारण अवरुद्ध नारायणगढ – मुग्लिन सडक खुल्यो

पहिरोका कारण अवरुद्ध नारायणगढ – मुग्लिन सडक खुल्यो

वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ – मुग्लिन सडकखण्ड पुनःसञ्चालन भएको छ । गए राति ९ः५ बजे चितवनको इच्छाकामना-६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुइतर्फी अवरुद्ध बनेको थियो ।

पहिरो हटाएर राति १ः३० बजेबाट नै सडक पुनःसञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।

टोपे खोलामा शुक्रबार राति ९ बजे पुन: पहिरो झर्दा बाटो अवरुद्ध भएको थियो । शुक्रबार बिहान पौने ९ बजेतिर सो ठाउँमा पहिरो जाँदा घण्टौं सवारी जाम भएको थियो । साँझपख पहिरो सफा भए पनि गाडी सबै पास हुन नपाउँदा सो सडक हुँदै यात्रा गर्नेहरुको बिजोग भएको छ ।

प्रकाशित समय : १२:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु