global ime bank Long Banner Ad

गृहपृष्ठ १२-१७ उमेर समूहलाई आजबाट बुस्टर डोज

१२-१७ उमेर समूहलाई आजबाट बुस्टर डोज

१२-१७ उमेर समूहलाई आजबाट बुस्टर डोज

सरकारले १२ देखि १७ वर्ष उमेर समूहलाई आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज दिने भएको छ । दोस्रो मात्रा लगाएको तीन महिना पूरा भएकाहरुले बुस्टर डोज लगाउन सक्ने छन् । यसअघि १२ देखि १७ वर्ष उमेर समूहलाई गत पुस ४ गतेदेखि कोरोनाविरुद्धको खोप दिइएको थियो ।

उनीहरुलाई आजबाट बुस्टर डोजको रुपमा मोडर्ना वा फाइजर खोप दिने सरकारको तयारी छ ।

यसअघि जुन खोप लगाएकाले पनि बुस्टर डोजको रुपमा मोडर्ना वा फाइजर खोप लगाउन सक्ने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ । ‘१२ देखि १७ बर्षसम्मका बुस्टर डोज मोडर्ना तथा फाइजर जुन लगाए पनि हुन्छ,’ खोप शाखा प्रमुख सागर दाहालले भने, ‘पहिला खोप सञ्चालन गरेको केन्द्र वा वडा कार्यालयमा सम्पर्क राखेर खोप लगाउन जान सकिन्छ ।’

प्रकाशित समय : १४:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु