गृहपृष्ठ द ब्रिटिस मोडल कलेजका विद्यार्थी र पर्वतारोही एड्रियानाबीच अन्तरक्रिया
द ब्रिटिस मोडल कलेजका विद्यार्थी र पर्वतारोही एड्रियानाबीच अन्तरक्रिया
ब्रिटिस पर्वतारोही एड्रियाना ब्राउनली र द ब्रिटिस कलेजको भगिनी संस्था द ब्रिटिस मोडल कलेजका ए लेभल विद्यार्थीहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा ब्राउनलीले आफ्नो अनुभवबारे सेयर गरेकी थिइन् । ब्राउनली २१ वर्षकी आरोही हुन् ।
विश्वका १४ अग्ला हिमालहरु आरोहण गरी सबैभन्दा कान्छी आरोही बन्ने अभियानमा आफू रहेको उनले सुनाइन् । उनले भनिन्, ‘म आठ वर्षको हुँदा पहिलो पटक मेरो बुबाले नै पदयात्रा सुरु गर्न प्रोत्साहन गर्नु भएको थियो । सोही प्रेरणका कारण दस वर्ष पुग्नुअघि नै मैले समुदायमा कीर्तिमान तोड्न सफल भएँ ।’
अन्य पर्वतारोहीको मिसन जस्तै आफ्नो पनि एभरेष्ट चढ्ने सुचीमा रहेको उनले बताइन् । नेपाली पर्वतारोही निम्ससँगै उनले आरोहण गरेकी थिइन् । ‘विश्वभर आरोहण बाहेक, मेरो कथाबाट प्रेरित हुन सक्ने मानिसहरूलाई भेट्न र उनीहरु माझ आफूलाई उभ्याउन मलाई मनपर्छ ’ उनले भनिन् ।
ए लेभल अध्ययन गर्दाको दिनलाई सम्झिंदै उनले भनिन्, ‘आज ब्रिटिस मोडल कलेजमा हुँदा म निकै खुसी महसुस गरेकी छु । ए लेभलमा हुँदाका दिनहरु मैले सम्झिएकी छु । सो समयमा म मेरो पर्वतारोहण परियोजना सुरु गर्ने क्रममा थिएँ । मलाई आशा छ कि आज सबै विद्यार्थीहरुले आफ्नो भविष्यबारे एक प्रतिशत पनि उत्साह प्राप्त गरे ।’
हालैमात्र ६ महिनामा सबै १४ हजार ८०० मिटर हिमालहरुको सफल पर्वतारोहण गरेर विश्व कीर्तिमान तोडेका नेपाली पर्वतारोही निम्ससँग उनले आरोहण गरेकी थिइन् । हालै उनले बनाएको कीर्तिमानलाई लिएर नेटफ्लिक्सले १४ पिक्स डकुमेन्ट्री बनाएको थियो ।
ब्राउनलीले भनिन्, ‘निम्सले नै मलाई सगरमाथा आरोहण गर्ने सबैभन्दा कान्छी पदयात्राको अभियान सुरु गर्न प्रोत्साहित गर्नुभएको थियो । नतिजास्वरुप म यो मिसनको मध्यतिर छु ।’ उनले आफ्नो १४ पिक्स जर्नीको भाग बन्न सक्ने भन्दै विद्यार्थीहरुलाई धन्यवाद समेत दिइन् । उनको अनुभवबाट विद्यार्थीहरुले धेरै प्रेरणा पाएको कलेजले जनाएको छ ।
कार्यक्रममा द ब्रिटिस कलेजका निर्देशक महेन्द्र कँडेलको पनि उपस्थिति रहेको थियो ।
प्रकाशित समय : १४:४५ बजे

















