global ime bank Long Banner Ad

गृहपृष्ठ भासिएको सडकबाट कार र मोटरसाइकल खस्यो, गाेताखाेर परिचालित

भासिएको सडकबाट कार र मोटरसाइकल खस्यो, गाेताखाेर परिचालित

भासिएको सडकबाट कार र मोटरसाइकल खस्यो, गाेताखाेर परिचालित

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ साखर ड्याममा भासिएको सडकबाट एउटा कार र मोटरसाइकल खसेको छ । निरन्तर परेको वर्षाका कारण आज बिहान भासिएको सडकबाट कार र मोटरसाइकल खसेको हो ।

मोटरसाइकल खसे पनि मोटरसाइकल चालक भने सकुसल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले जानकारी दिए । कार भने नदीमा पुगेको छ । 'कार पहिराेले पुरिएको छ, माथिबाट हेर्दा अलि अलि मात्रै देखिएको छ', उनले भने, 'कारमा कति मान्छे थिए भन्ने खुलेको छैन ।'

उद्धार टोली घटनास्थलमा पुग्ने क्रममा रहेको खड्काले बताए । घटनास्थलमा गोताखोर, उद्धारकर्ता स्वास्थ्यकर्मीसहित र नेपाली सेनाको टोली परिचालित भएकाे छ ।

प्रकाशित समय : १५:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु