गृहपृष्ठ चट्याङ लागेर सप्तरीमा दुई जनाको मृत्यु

चट्याङ लागेर सप्तरीमा दुई जनाको मृत्यु

चट्याङ लागेर सप्तरीमा दुई जनाको मृत्यु

वर्षासँगै परेको चट्याङ लागेर सप्तरीको बोदेबर्साइन नगरपालिका–३ मधुवनमा आज दुई जनाको मृत्यु भएको छ । 

गाईवस्तु चराउन गएका ५६ वर्षीय रामजी यादव र ८० वर्षीय सत्यनारायण यादवलाई चट्याङ लागेर मृत्यु भएको डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । वर्षा भइरहेको बेला एउटै छातामा ओत लागेका दुवैमाथि चट्याङ परेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बोदेबर्साइनले जनाएको छ ।

यता घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  ।

प्रकाशित समय : २३:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु