गृहपृष्ठ कामना सेवाविकास बैंकद्वारा कुमारीपाटी–जावलाखेल क्षेत्रमा प्रतीक्षाबेन्च स्थापना

कामना सेवाविकास बैंकद्वारा कुमारीपाटी–जावलाखेल क्षेत्रमा प्रतीक्षाबेन्च स्थापना

कामना सेवाविकास बैंकद्वारा कुमारीपाटी–जावलाखेल क्षेत्रमा प्रतीक्षाबेन्च स्थापना

काठमाडौं । कामना सेवाविकास बैंकले सर्वसाधारण तथा यात्रुको सहजता र सुविधालाई लक्षित गर्दै ललितपुरको कुमारीपाटी–जावलाखेल क्षेत्रमा ५ वटा प्रतीक्षाबेन्च स्थापना गरेको छ ।

बैंकले कुमारीपाटी–जावलाखेल व्यापार संघसँगको सहकार्यमा स्थानीय बासिन्दा, यात्रु तथा बाटो हिँड्ने सर्वसाधारणलाई केही समय विश्राम गर्न सहज होस् भन्ने उद्देश्यले प्रतीक्षाबेन्च निर्माण गरी स्थापना गरेको हो ।

प्रतीक्षाबेन्च स्थापना कार्यक्रम बैंकका काठमाडौं प्रदेश प्रमुख केदारनाथ शर्माको अध्यक्षता तथा कुमारीपाटी–जावलाखेल व्यापार संघका अध्यक्ष वीरेन्द्र शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

दैनिक रूपमा सर्वसाधारण तथा यात्रुको बाक्लो आवतजावत हुने कुमारीपाटी–जावलाखेल क्षेत्रमा स्थापना गरिएका बेन्चले सार्वजनिक स्थानमा केही समय विश्राम गर्नुपर्ने यात्रु तथा स्थानीयलाई प्रत्यक्ष सुविधा पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा बोल्दै कुमारीपाटी–जावलाखेल व्यापार संघका अध्यक्ष वीरेन्द्र शाक्यले सर्वसाधारणको उपयोगमा आउने प्रतीक्षाबेन्च स्थापना गरेकोमा कामना सेवाविकास बैंकलाई धन्यवाद दिए ।

उहाँले सार्वजनिक स्थानमा यात्रु तथा स्थानीय सर्वसाधारणलाई बस्नका लागि सहज हुने संरचना आवश्यक रहेको भन्दै बैंकको पहलबाट दैनिक आवतजावत गर्ने सर्वसाधारणलाई प्रत्यक्ष रूपमा सुविधा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बैंकका काठमाडौं प्रदेश प्रमुख केदारनाथ शर्माले बैंकले आफ्ना सेवाग्राहीलाई मात्रै नभई स्थानीय समुदाय तथा सर्वसाधारणको सुविधा र सहजतालाई समेत प्राथमिकतामा राख्दै विभिन्न सेवामूलक तथा सामाजिक गतिविधिमा सहभागिता जनाउँदै आएको बताए ।

उहाँका अनुसार बैंकले स्थानीय समुदायको आवश्यकता र सुविधालाई ध्यानमा राखेर सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । आगामी दिनमा पनि स्थानीय आवश्यकता र समुदायको हितलाई केन्द्रमा राखेर यस्ता गतिविधिलाई निरन्तरता दिइने उनले बताए ।

कुमारीपाटी–जावलाखेल क्षेत्रमा स्थापना गरिएका प्रतीक्षाबेन्च विशेषगरी सार्वजनिक सवारीसाधनको प्रतीक्षा गर्ने यात्रु, ज्येष्ठ नागरिक तथा बाटो हिँड्ने सर्वसाधारणका लागि उपयोगी हुने अपेक्षा गरिएको छ ।

कार्यक्रममा कामना सेवाविकास बैंकका कर्मचारी तथा कुमारीपाटी–जावलाखेल व्यापार संघका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

बैंकले ग्राहक सेवाको विस्तारसँगै स्थानीय समुदाय तथा सर्वसाधारणको आवश्यकता र सुविधालाई ध्यानमा राखी विभिन्न सामाजिक तथा सेवामूलक गतिविधिमा समेत सहभागिता जनाउँदै आएको छ ।

प्रकाशित समय : १३:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु