गृहपृष्ठ थप २२ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ११२

थप २२ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ११२

थप २२ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ११२

पछिल्लो २४ घन्टामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १ हजार ६५५ नमूनाको पीसीआर र १ हजार९८ एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । जसमध्ये पीसीआरबाट १२ र एन्टिजेन विधिबाट १० जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । आज थप ९ जना कोरोनामुक्त भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ लाख १७ हजार ११७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल देशभर ११२ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित समय : २२:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु