गृहपृष्ठ मन्त्रीहरुको शपथ ग्रहण भोलिसम्ममा हुन्छ : मेटमणि चौधरी

मन्त्रीहरुको शपथ ग्रहण भोलिसम्ममा हुन्छ : मेटमणि चौधरी

मन्त्रीहरुको शपथ ग्रहण भोलिसम्ममा हुन्छ : मेटमणि चौधरी

नेकपा (एकीकृत समाजवादी)को तर्फबाट सहरी विकासमन्त्रीमा सिफारिस भएका सांसद् मेटमणि चौधरीले भोलिसम्ममा मन्त्री पदको शपथ ग्रहण गरिसक्ने बताएका छन् । 

प्रतिनिधिसभाको बैठकका लागि नयाँ बानेश्वरस्थित संसद भवनमा बुधबार पुगेका सांसद् चौधरीले सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पदको शपथ ग्रहण बिहीबारसम्ममा गरिसक्ने बताए । 

उनले आज नै शपथ ग्रहण हुनसक्ने सम्भावना रहेको पनि बताए । सांसद् चौधरीले पार्टीले गरेको निर्णय कार्यान्वयन हुने बताए । 

उनले भने,‘पार्टी निर्णय गर्‍यो । निर्णय गरिसकेपछि कार्यान्वयन हुन्छ । तर, हामी पाँच दलीय गठबन्धनभित्रकै एउटा दल हो । हामीले शपथ ग्रहण गर्ने समय राख्दा जसपाका साथीहरुले पार्टीभित्रको आन्तरिक समस्या सम्बोधनका लागि आफूहरुलाई केही समय चाहिन्छ भनेपछि केही समय ढिला मात्रै भएको हो । मन्त्री त सम्भवतः आज नभए भोलिसम्म फाइनल हुन्छ । आज भएन भने शपथ ग्रहण भोलि पक्कै हुन्छ ।’

सांसद् चौधरीले नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसलाई पनि मन्त्री हेरफेर गर्ने दबाब रहेको भन्दै सबै पार्टीले एकैपटक शपथ गराउन शपथ ग्रहण पछि सार्न पार्टी अध्यक्ष माधवकुमार नेपाल पनि सहमत भएको बताए । 

उनले मन्त्रिपरिषद् हेरफेर गर्ने एकीकृत समाजवादीको निर्णयलाई अपरिपक्व भन्न नमिल्ने बताए । 

प्रकाशित समय : २१:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु