गृहपृष्ठ बल्ल राेकियाे नेप्सेको ओरालो यात्रा
बल्ल राेकियाे नेप्सेको ओरालो यात्रा
सेयर बजारको गिरावट बल्ल राेकिएकाे छ । सातायता निरन्तर ओरालाे यात्रामा रहेकाे नेप्सेमा बुधबार उल्लेख्य सुधार आएकाे छ । बजार घटेर २ हजारनजिक आइपुगिसकेको नेप्से बुधबार एकै दिन ६०.२२ अंक वृद्धि भयाे । याे वृद्धिसँगै नेप्से २ हजार ८०.४४ अंकमा उक्लिएको छ ।
'क' वर्गको सेन्सेटिभ परिसूचकसमेत ११.२५ अंकले बढ्दै ४००.३७ अंकमा उक्लिएको छ । बुधबार २३१ कम्पनीका ५० लाख ५ हजार कित्ता माथिको सेयर बजारमा ३० हजारभन्दा बढी पटक किनबेच हुँदा आज १ अर्ब ६४ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज १३ वटै उपसमूहका सूचकमा हरियाली छाएको छ । आज सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ५.०३ प्रतिशतले वृद्धि भएको छ भने अन्य समूह ३.८५ प्रतिशतले, निर्जीवन बिमा समूह ३.८४ प्रतिशतले, माइक्रोफाइनान्स समूह ३.६४ प्रतिशतले, हाइड्रोपावर ३.५७ प्रतिशतले, होटल तथा पर्यटन ३.४८ प्रतिशतले वृद्धि भएकाे छ ।
त्यसैगरी ट्रेडिङ समूह ३.४७ प्रतिशतले, म्यानु एण्ड प्रो समूह ३.१६ प्रतिशतले, जीवन बिमा समूह ३.०६ प्रतिशतले र डेभलपमेन्ट बैंक ३.३ प्रतिशतले वृद्धि भएकाे हाे । बैंकिङ समूह २.११ प्रतिशतले, इन्भेष्टमेन्ट समूह २.९ प्रतिशतले र म्युचअल फन्ड १.१७ प्रतिशतले वृद्धि भएका छन् ।
प्रकाशित समय : २१:४९ बजे


















