गृहपृष्ठ डिशहोमका ग्राहकले जिते एक लाख नगद
डिशहोमका ग्राहकले जिते एक लाख नगद

क्यास आइडी ०२५६४१५३७२५ भएका डिशहोमका ग्राहकले नगद एक लाख रुपैयाँ जितेका छन् । कम्पनीले ल्याएको १ वर्षमा २४ महिना योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकहरुले १ वर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिशहोम डीटीएचको सेवा उपभोग गर्न पाउने योजनामा ती ग्राहकले १ लाख जितेका हुन् ।
कम्पनीका अनुसार हरेक हप्ता लक्की ड्रमार्फत एक जनाले एक लाख जित्ने अवसर पनि प्राप्त गर्नेछन् । डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाइकहाँ गएर डिशहोमको फण्ड ट्रान्स्फरमार्फत आफूले प्रयोग गरेको प्याकेजको १ वर्षको रिचार्ज गर्नुपर्नेछ ।
यस लक्की ड्रको प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टीभी, रमाइलो एचडी, सरोकार टीभी, नेपा च्यानल, तथा डिशहोम सोकेसमा हुने गर्दछ ।
प्रकाशित समय : १८:३३ बजे