काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

इम्बोस्ड नम्बरको निर्णयबाट पछि हट्यो सरकार

12.37K
shares

सरकारले अनिवार्य रूपमा लागू गर्ने भनिएको इम्बोस्ड नम्बर प्लेटसम्बन्धी निर्णयबाट पछि हटेको छ । संसद्‌देखि सडकसम्म आलोचना भएपछि सरकारले २०७८ मंसिर १ गतेदेखि दर्ता भएका सवारी साधनहरूमा मात्र इम्बोस्ड नम्बर अनिवार्य गर्ने निर्णय गरेको छ ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । ‘विभागले २०७९ जेठ २० गते प्रकाशति सूचनाबाट आम सेवाग्राहीमा पर्न गएको द्धुविधा र त्यसबाट उत्पन्न भएको असुविधाप्रति यातायात व्यवस्था विभाग क्षमायाचना गर्दछ,’ विभागको विज्ञप्तिमा भनिएको छ, ‘श्रावण १ गतेदेखि देशका सडकमा गुड्ने सबै सवारी साधनमा इम्वोस्ड प्लेट जडान हुनुपर्छ भन्ने आसय विभागको होइन ।’

त्यस्तै यातायात कार्यालयहरूले पनि हात उठाउन थालेका छन् । पोखरास्थित यातायात व्यवस्था कार्यालयले मंगलबार एक सूचना जारी गर्दै नयाँ र सरुवा दर्ता भई आउने सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट दिन सकिने भनेको छ ।

सूचना :