गृहपृष्ठ नेप्सेमा ४५ अंकको गिरावट

नेप्सेमा ४५ अंकको गिरावट

नेप्सेमा ४५ अंकको गिरावट

सेयर बजार नेप्सेमा एकैदिन ४५.५९ अंकले गिरावट आएको छ । सेन्सेटिभ परिसूचक ११.२४ अंकले घटेर ३ सय ८९ अंकमा पुगेको छ । नेप्सेमा ३८ लाख ८७ हजार ७ सय ४८ कित्ताको सेयर खरिदबिक्री हुँदा १ अर्ब ३१ करोड २८ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेमा मंगलबार १ सय ८१ कम्पनीका लगानीकर्ता ठूलो रकम गुमाएका छन् भने १५ कम्पनीका सेयरधनीले केही नाफा कमाएका छन् । सेयर बजारमा २ कम्पनी बाफेली हाइड्रो पावर कम्पनी र उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लागेका कम्पनीमा बलेफी हाइड्रो पावर कम्पनीको सेयर १८ रुपैयाँ बढेर २ सय ३ रुपैयाँ ९ पैसा पुगेको छ । यस्तै उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १ सय ९३ रुपैयाँ बढेर २१ सय २६ रुपैयाँ पुगेको छ ।

मंगलबार नेप्सेमा एकमात्र कम्पनी हिमालय बैंकको सेयर मूल्यमा १० प्रतिशतको नकारात्मक सर्किट लागेको छ । सर्किट लागेको हिमालय बैंकको सेयर मूल्यमा ३८.५ रुपैयाँले घटेर ३ सय २३ रुपैयाँ पुगेको छ ।

प्रकाशित समय : २२:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु