global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ गरिमा विकास बैंकद्वारा ‘विश्व वातावरण दिवस’काे अवसरमा वृक्षारोपण

गरिमा विकास बैंकद्वारा ‘विश्व वातावरण दिवस’काे अवसरमा वृक्षारोपण

गरिमा विकास बैंकद्वारा ‘विश्व वातावरण दिवस’काे अवसरमा वृक्षारोपण

‘हरियो वन, नेपालको धन’भन्ने मुल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रवर्द्धन गर्ने हेतुले गरिमा विकास बैंकले वृक्षारोपण गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आज आइतबार बुढानिलकण्ठस्थित कालिका पार्कमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो । ‘विश्व वातावरण दिवस २०२२’को दिन सम्पन्न उक्त कार्यक्रममा बुढानिलकण्ठ वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले संयुुक्त रुपमा रुख रोपी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमअन्तर्गत उक्त पार्कमा करिब २०० विभिन्न प्रजातिका विरुवा रोपिएको बैंकले जनाएको छ ।

हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटीएमबाट सेवा दिँदै आइरहेको छ ।

प्रकाशित समय : १८:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु