गरिमा विकास बैंकद्वारा ‘विश्व वातावरण दिवस’काे अवसरमा वृक्षारोपण
वि.सं.२०७९ जेठ २२ आइतवार १८:४८
shares

‘हरियो वन, नेपालको धन’भन्ने मुल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रवर्द्धन गर्ने हेतुले गरिमा विकास बैंकले वृक्षारोपण गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आज आइतबार बुढानिलकण्ठस्थित कालिका पार्कमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो । ‘विश्व वातावरण दिवस २०२२’को दिन सम्पन्न उक्त कार्यक्रममा बुढानिलकण्ठ वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले संयुुक्त रुपमा रुख रोपी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमअन्तर्गत उक्त पार्कमा करिब २०० विभिन्न प्रजातिका विरुवा रोपिएको बैंकले जनाएको छ ।
हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटीएमबाट सेवा दिँदै आइरहेको छ ।






















