काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सुन-चाँदीको मूल्यमा सामान्य गिरावट

5.94K
shares

नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्यमा गिरावट आएकाे छ । शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेकाे छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९७ हजार ९ सय रुपैयाँमा झरेको छ । त्यस्तै तेजावी सुनको मूल्य पनि ९७ हजार ४ सय रुपैयाँमा झरेको छ । शुक्रबारको तुलनामा चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको छ ।

चाँदी प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।