गृहपृष्ठ एसियन पेन्ट्सले ल्यायाे ‘कलर नेक्स्ट-२०२२’
एसियन पेन्ट्सले ल्यायाे ‘कलर नेक्स्ट-२०२२’
एसियन पेन्ट्स नेपालले फेरि ‘कलर नेक्स्ट २०२२’ ल्याएको छ । यसलाई कम्पनीले ‘जीवनमा खुशियाली ल्याउने डिजाइन र सजावटसम्बन्धी एक उत्सव’ भनेको छ ।
कम्पनीले उल्लेख गरेअनुसार कलर नेक्स्ट एसियन पेन्ट्सको वार्षिक प्रवृत्ति पूर्वानुमानको अवसर हो, जसले डिजाइनको दिशानिर्देश हासिल गर्न विश्वव्यापी, सामाजिक-सांस्कृतिक तथा वातावरणीय प्रवृत्तिहरूको अध्ययन गर्दछ ।
‘डिजाइन उद्योगमा प्रासंगिकतायुक्त फरक प्रवृत्तिहरू पत्ता लगाउन विशेषज्ञ अन्तर्वार्ता, संयुक्त कार्यशालाहरूका साथै अनुसन्धानमार्फत छ महिना कडा अनुसन्धान गर्नुपर्ने हुन्छ । अनुसन्धानको परिणाम-वास्तुकला तथा इन्टेरियर डिजाइन समुदायमा प्रस्तुत गरिएको वर्षको चार ट्रेन्ड र एक रङ हो, जुन प्रेरणाको स्रोत रहँदै आएको छ,’ एसियन पेन्ट्सले भनेको छ, ‘यसको अर्थ कुन रङ र सामग्री प्रयोग गर्ने मात्र नभइ डिजाइनरहरूलाई हालै प्रचलनमा रहेका रंग प्यालेटहरू र नयाँ सामग्रीहरू वरिपरि खेल्न प्रेरित गर्नु हो ।’
डिजाइन अनुभवलाई अँगाल्न एसियन पेन्ट्स नेपालले यही जेठ २० गते कलर नेक्स्ट २०२२ कार्यक्रम आयोजना गर्दैछ । उक्त कार्यक्रममा चर्चित आर्किटेक्ट तथा इन्टेरियर डिजाइनरहरूको उपस्थिति रहने छ भने सोसाइटी अफ नेपालिज् आर्किटेक्ट्स (SONA) र इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल (IDEA Nepal)काे सहभागिता रहनेछ ।
प्रकाशित समय : १९:३९ बजे



















