काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

पोखरा विमानस्थलको धावनमार्गमा तेलको ट्यांकर पल्टियो, उडान अवरुद्ध

12.29K
shares

पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टिएपछि उडान अवरुद्ध बनेको छ । पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीका अनुसार हवाईजहाजमा तेल भर्न जाँदै गर्दा धावनमार्गमा ट्यांकर पल्टिएको हो ।

अहिले पोखरामा हुने बिहानी उडानहरु अवरुद्ध बनेका सुवेदीले जानकारी दिए । विमानस्थलमा तेल पोखिए पनि आगो भने लाग्न पाएकाे छैन । क्रेनले पल्टेको ट्यांकर उठाउने र तेल पोखिएको स्थानमा सफा गर्ने काम चलिरहेकाे छ ।

विमानस्थलमा दमकलसहित इमर्जेन्सी अपरेशन तयारी अवस्थामा राखेर काम भैरहेको पोखरा विमानस्थल कार्यालयले जनाएको छ ।