काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

विहेकाे प्रलाेभन देखाई हाेटलमा लिएर करणी गरेकाे आरोपमा एक महिलासहित तीन पक्राउ

13.13K
shares

प्रहरीले मानव बेचबिखन तथा जबर्जस्ती करणी गरेको घटनामा संलग्न रहेको आरोपमा एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभा खाँदबारी नगरपालिका-१० घर भई हाल वीरगञ्ज महानगरपालिका-१६ मा कार्की होटल सञ्चालन गर्दै आएकी ४२ वर्षीया लक्ष्मी बुढाथोकी (कार्की), मोरङ जिल्ला कटहरी गाउँँपालिका-४ घर भई हाल पर्सा वीरगञ्ज-८ बस्ने २५ वर्षीय सुरजकुमार साह, जुम्ला जिल्ला हेमा गाउँपालिका-३ बस्ने ३५ वर्षीय हरिचन्द्रनाथ योगी छन् ।

वीरगञ्ज-८ स्थित एउटा रेस्टुरामा काम गर्ने सुरजले जेठ ५ गते काठमाडौं बस्ने २५ वर्षीया युवतीलाई विवाह गर्ने प्रलोभन देखाई वीरगञ्ज पुर्‍याएका थिए । बसपार्कस्थित एउटा होटलमा लगेर पटक-पटक करणी गरेको प्रहरीको आरोप छ ।

जेठ १० गते लक्ष्मीले युवतीलाई विवाह गर्छु भनेर झुक्याई हरिचन्द्रनाथको जिम्मा लगाएको प्रहरीको दाबी छ । वीरगञ्ज-१६ फूलबारी टोलमा डेरा गरी बस्ने हरिचन्द्रनाथले युवतीलाई कोठामा लगी मानसिक र शारीरिक यातना दिई पटक-पटक जबर्जस्ती करणी गरेको प्रहरीको दाबी छ ।

जेठ १४ गते राति ९ बजे पीडित युवती सो स्थानबाट भागेर आफन्तको सम्पर्कमा पुगेपश्चात सो घटना बाहिर आएपछि प्रहरीले तीनै जनालाई पक्राउ गरेको हाे । प्रहरीले तीनै जनालाई जबर्जस्ती करणी र मानव बेचबिखन तथा ओसारपसार कसूरमा अनुसन्धान गरिरहेको जनाएको छ ।