काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

२ सय रुपैयाँले बढ्यो सुनको मूल्य

7.44K
shares

नेपाली बजारमा आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ । यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ वृद्धि भएकाे छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २०० रुपैयाँ पुगेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ पुगेको छ । यसअघि आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ थियो ।

तोलामा ५ रुपैयाँ बढेर सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार २८५ रुपैयाँ पुगेको छ । यसअघि आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार २८० रुपैयाँ थियो ।